Anmelden
यशैया 4
NEP2008

यशैया 4 (Nepali 2008 - सरल नेपाली पवित्र बाइबल)

1त्‍यो समय आएपछि सात जना आइमाईहरूले एक जना पुरुषलाई समातेर भन्‍नेछन्, “हामी आफ्‍नो भोजन खानेछौं र आफ्‍नो लुगाफाटा लाउनेछौं, केवल तिमी नै हाम्रा लोग्‍ने हौ भनेर हामीलाई भनिदेओ र हाम्रा निन्‍दा हामीले सुन्‍नुपर्नेछैन।” 2यस्‍तो समय आउँछ कि परमप्रभुले देशमा हरेक बोट-बिरुवा र रूखहरू ठूला र सुन्‍दर गरी उमार्नुहुनेछ। सबै बाँचेका इस्राएलीहरू जमिनका उब्‍जनीमा रमाउनेछन् र गर्व गर्नेछन्। 3यरूशलेममा छोडिएका सबै मानिसहरू, जसलाई परमप्रभुले बचाएर राख्‍नलाई छान्‍नुभएको छ, तिनीहरू पवित्र कहलाइनेछन्। 4परमप्रभुले सियोनका स्‍त्रीहरूको मैला धुनुहुनेछ र उहाँले इन्‍साफको आत्‍मा र आगोको आत्‍माद्वारा यरूशलेमबाट रगतका दाग शुद्ध गर्नुहुनेछ। 5तब सियोन पर्वत र त्‍यहाँ भेला भएका मानिसहरूमाथि परमप्रभुले दिउँसो बादल र राती धुवाँ र उज्‍ज्‍वल ज्‍वाला पठाउनुहुनेछ। सारा सहरलाई परमेश्‍वरको महिमाले ढाक्‍नेछ र रक्षा गर्नेछ। 6उहाँको महिमाले सहरमाथि दिउँसोको गर्मीमा ओझेल दिनेछ र त्‍यसलाई आँधी र वर्षाबाट जोगाएर सुरक्षित स्‍थान बनाउनेछ।