जुन १ को दैनिक आत्मिक मनन
१ कोरिन्थी १३
मैले मानिसहरूका र स्वर्गदूतहरूका भाषाहरू बोले तापनि मसँग प्रेम छैन भने म
ता ठ्याङठ्याङ गर्ने पित्तल वा झ्याइँझ्याइँ गर्ने झ्याम्टाजस्तो मात्र भएँ।
अनि मसँग भविष्यवाणी गर्ने वरदान भए तापनि र सबै रहस्यहरू र सबै ज्ञानहरू जाने तापनि, साथै पहाड़हरू हटाउन सक्ने पूरा विश्वास मसँग भए तापनि मसँग प्रेमचाहिँ छैन भने म केही पनि होइनँ।
अनि मैले आफ्नो सारा सम्पत्ति गरिबहरूलाई खुवाउन दिए तापनि र आफ्नो
शरीरलाई जल्नका निम्ति सुम्पिदिए तापनि मसँग प्रेमचाहिँ छैन भने मलाई केही
पनि लाभ हुँदैन।
प्रेमले खूबै सहन्छ, र दयालु हुन्छ; प्रेमले डाहा गर्दैन, प्रेमले आफ्नो प्रशंसा गर्दैन,
घमण्डले फुलिँदैन,
रूखो व्यवहार गर्दैन, आफ्नै भलाइ खोज्दैन, झड़ङ्ग रिसाउँदैन, खराबीको
हिसाब राख्दैन,
अधर्ममा आनन्दित हुँदैन, तर सत्यतामा आनन्दित हुन्छ;
त्यसले सबै कुराहरू सहन्छ, सबै कुराहरू विश्वास गर्छ, सबै कुराहरूको आशा
गर्छ, सबै कुराहरूमा धीरज धर्छ।
प्रेम कहिल्यै टल्दैन। तर चाहे भविष्यवाणीहरू होऊन्, ती बितेर जानेछन्; चाहे भाषाहरू होऊन्, ती बन्द हुनेछन्; चाहे ज्ञान होस्, त्यो बितेर जानेछ। किनभने हाम्रो ज्ञान
अधूरो हुन्छ, अनि हाम्रो भविष्यवाणी अधूरो हुन्छ।
तर जब सिद्धचाहिँ आउँछ, तब जो अधूरो छ, त्यो हटाइनेछ ।
आफ्नो आँखाहरू बन्द गर्नुहोस्।
अहिलेसम्म प्रबल रहेको दुःख र शोक, पतन र पीडाको दृश्यहरु सम्झि केही क्षणको लागि आफ्नो आँखाहरु बन्द गर्नुहोस्, अनि सिद्ध पृथ्वीको महिमाको मानसिक तस्बिरको परिकल्पना गर्नुहोस्। सिद्ध समाजको सामन्जस्यता र शान्तिलाई नता पापको दागले; नता खराब विचार, निर्दयी नजर वा बोलीवचनले नै हामी पुर्याउनेछ। हरेक हृदयबाट उब्जने प्रेमले अरु सबै हृदयको दयालु प्रतिकृयासँग मिलन गर्नेछ र प्रत्येक कार्यलाई भलाईले चिन्हित गर्नेछ। त्यतिबेला कुनै रोग हुनेछैन, नता कुनै दुःख र पीडा, नता क्षयको कुनै प्रमाण- यस्ता कुराहरूको डर समेत हुनेछैन। तपाईँले अहिलेसम्म देख्नुभएको मानवीय रूप र आकृतिको तुलनात्मक स्वस्थता र सुन्दरताको सबै चित्रहरूको विचार गर्नुहोस्, र सिद्ध मानवता अझै माथ गर्ने प्रेमको छ भने भनी थाहा गर्नुहुनेछ। भित्री शुद्धता अनि मानसिक र नैतिक सिद्धताले हरेक उज्ज्वल चेहरालाई छाप लगाई महिमित पार्नेछ। पृथ्वीको समाज यस्तै हुनेछ, विलाप गरिरहेका शोकितहरूको सबै आँसुहरू पुछिईनेछ जब तिनीहरुले पुनरुत्थानको काम पुरा भएको महसुस गर्नेछन्। प्रकाश २१:४
परमप्रभुप्रति गरिएको भाकल
हाम्रा पिता जो स्वर्गमा हुनुहुन्छ तपाईको नाउ पवित्र गरियोस्। तपाईको नियमले मेरो हृदयभित्र झन्-झन् वास गरोस् अनि तपाईको इच्छा मेरो नश्वर शरीरमा पुरा होओस्।हाम्रा प्रभु येशु ख्रीष्टमार्फत हरेक खाँचोको समयमा सहायता प्राप्त गर्न तपाईले प्रतिज्ञा गर्नुभएको अनुग्रहमा भर पर्दे म यो भाकल गर्दछु।
स्वर्गीय सिंहासन अघि म हरेक दिन फसलको कामको समग्र मामिलाहरु र विशेषगरी त्यो काममा र संसारका प्रिय सहकर्मीहरुसँग आँफै हिस्सेदार बन्न पाएको सौभाग्यलाई सम्झनेछु।
यदि सम्भव छ भने म अझ होशियारीपूर्वक विचारहरु, बोलिवचनहरु र कामहरुको जाँच गर्ने प्रतिज्ञा गर्दछु ताकि म तपाईको र तपाईको प्रिय बगालको सेवा गर्न अझ सक्षम हुन सकुँ।म तपाईसँग प्रतिज्ञा गर्दछु कि म प्रेतवाद र तन्त्रमन्त्रवाद अनि यीहरुसँग मिल्दोजुल्दो सबै कुराहरुको प्रतिरोध गर्न सतर्क रहनेछु र यी सबैमा दुईजना मालिकहरु छन् भन्ने कुरा सम्झदै विरोधीमार्फत हो भनी म यी पासोहरुलाई सबै उचित तरिकाले प्रतिरोध गर्नेछु।
म थप यो प्रतिज्ञा गर्दछु कि निम्न बमोजिमका अपवादहरुबाहेक म सँधै र सबै ठाँउहरुमा विपरीत लिङ्गिहरुसँग निजी रुपमा त्यस्तै व्यवहार गर्नेछु जस्तो म प्रभुका जनहरुको समुदायको उपस्थितिमा सार्वजनिक रुपमा गर्दछु।र जहाँसम्म सम्भव छ म एउटै कोठामा कुनै पनि विपरित लिङ्गिसँग एक्लै बस्नबाट जोगिनेछु जबसम्म कोठाको ढोका खुला रहँदैन।
माथि उल्लेखित अपवादहरुमा चाँहि भाईहरुको हकमा-पत्नी, बालवच्चाहरु, आमा र जन्मजातैका दिदीबहिनीहरु: अनि दिदीबहिनीहरुको हकमा पति, बालबच्चाहरु, बुवा र जन्मजातैका दाजुभाईहरु पर्दछन्।
भजनसङ्ग्रह २३
परमप्रभु मेरा गोठाला हुनुहुन्छ; मलाई कुनै कुराको घटी हुनेछैन । उहाँले मलाई हरिया खर्कहरूमा सुताउनुहुन्छ; उहाँले मलाई शान्त पानीनिर डोर्याउनुहुन्छ । उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ; उहाँले मलाई आफ्नो नामको खातिर धार्मिकताका मार्गहरूमा डोर्याउनुहुन्छ । चाहे मृत्युको घोर अन्धकारमय छायाको घाटीबाट भएर हिँड़्नुपरे तापनि म कुनै खराबीदेखि डराउनेछैनँ; किनकि तपाईं मेरो साथमा हुनुहुन्छ; तपाईंको लाठो र तपाईंको लौराले, अँ, तिनैले मलाई सान्त्वना दिन्छन् । मेरा शत्रुहरूको सामुन्ने तपाईंले मेरो अघिल्तिर मेज तयार पार्नुहुन्छ; तपाईंले मेरो शिर तेलले अभिषेक गर्नुहुन्छ मेरो कचौरा भरिएर पोखिन्छ । निश्चय मेरो जीवनभरि नै भलाइ र करुणाले मलाई पछ्याउनेछन्; अनि म परमप्रभुको भवनमा सदा-सर्वदै वास गर्नेछु ।
मत्ती ५:१-१६
अनि भीड़हरूलाई देखेर उहाँ एउटा पहाड़माथि चढ़्नुभयो; अनि उहाँ बस्नुभएपछि उहाँका चेलाहरू उहाँकहाँ आए। अनि उहाँले आफ्नो मुख खोलेर यसो भन्दै तिनीहरूलाई शिक्षा दिनुभयो: “आत्मामा गरिब हुनेहरू धन्य हुन्, किनभने स्वर्गको राज्य उनीहरूकै हो । शोक गर्नेहरू धन्य हुन्, किनभने उनीहरूले सान्त्वना पाउनेछन् । नम्र हुनेहरू धन्य हुन्, किनभने उनीहरू पृथ्वीका अधिकारी हुनेछन् । धार्मिकताका निम्ति भोकाउने र तिर्खाउनेहरू धन्य हुन्, किनभने उनीहरू तृप्त हुनेछन् । दया गर्नेहरू धन्य हुन्, किनभने उनीहरूले दया पाउनेछन् । हृदयमा शुद्ध हुनेहरू धन्य हुन्, किनभने उनीहरूले परमेश्वरलाई देख्नेछन् । मेलमिलाप गराउनेहरू धन्य हुन्, किनभने उनीहरू परमेश्वरका छोराहरू भनिनेछन् । धार्मिकताका निम्ति सतावटहरूमा परेकाहरू धन्य हुन्, किनभने स्वर्गको राज्य उनीहरूकै हो । तिमीहरू धन्य हौ, जब मानिसहरूले मेरो कारणले तिमीहरूलाई निन्दा गर्नेछन्, सताउनेछन् र झूट बोली-बोली तिमीहरूको विरोधमा हर प्रकारको खराब कुरा गर्नेछन् । रमाओ र अत्यन्तै खुशी होओ, किनभने स्वर्गमा तिमीहरूको इनाम ठूलो छ; किनभने यसरी नै तिनीहरूले तिमीहरूभन्दा पहिलेका भविष्यवक्ताहरूलाई सताएका थिए ।” “तिमीहरू पृथ्वीका नुन हौ; तर नुनले आफ्नो स्वाद गुमायो भने त्यो केले नुनिलो पारिनेछ र ? त्यसपछि ता त्यो बाहिर फालिनु र मानिसहरूद्वारा कुल्चीमिल्ची पारिनुबाहेक अरू केही कामको हुँदैन । तिमीहरू संसारका ज्योति हौ। डाँड़ामाथि बसालिएको शहर लुक्न सक्दैन । न ता मानिसहरूले बत्ती बालेर पाथीमुनि राख्दछन्, तर सामदानमाथि राख्दछन्, र त्यसले घरभित्र हुने सबैलाई उज्यालो दिन्छ । त्यसरी नै तिमीहरूको ज्योति मानिसहरूको सामु चम्कोस्, र तिनीहरूले तिमीहरूका असल कामहरू देखून् र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून् ।”
मेरो बिहानको संकल्प
मैले ईच्छाएको मेरो प्रारम्भिक विचार,यस्तो हुनेछ कि: “परमप्रभुले मप्रति गर्नुभएका सबै उपकारहरूको बदलामा म उहाँलाई के चढ़ाऊँ? म उद्धारको कचौरा लिएर परमप्रभुको नाम पुकार्नेछु। अँ, परमप्रभुको समस्त प्रजाको सामु उहाँकै निम्ति म आफ्ना भाकलहरू पूरा गर्नेछु।”- भजनसंग्रह ११६:१२-१४ "मेरा पवित्र जनहरूलाई, जसले बलिदान चढ़ाएर मसँग वाचा बाँधेका छन्, मकहाँ भेला गराओ!” (भजनसंग्रह ५०:५) • यो ईश्वरीय बोलावटलाई स्मरण गर्दै म संकल्प गर्दछु कि परमेश्वरको सन्तको रूपमा प्रभुको सहयोगी कृपाले, आज म मेरो भाकल पूरा गर्नेछु। मेरो देह र यसका चाहनाहरुलाई बलिदान गर्ने काम म जारी राख्नेछु, ताकि म मेरो उद्धारकर्तासँग साझा-उत्तराधिकारमा स्वर्गीय उत्तराधिकारसम्म पुग्न सकूँ। • म सबैसँग सरल र इमान्दार हुने प्रयास गर्नेछु । • म आफैलाई नभई प्रभुलाई खुसी पार्न र सम्मान गर्न खोज्नेछु। • म मेरो ओठले परमप्रभुको आदर गर्न होशियार हुनेछु, ताकि मेरा वचनहरू सबैप्रति अनुग्रहपूर्ण र आशिषित हुन सकोस्। • ठूला कुराहरूमा मात्र होइन तर जीवनका स-साना कुराहरूमा पनि म प्रभुप्रति , उहाँको सत्यताप्रति, दाजुभाईहरु र हुनुपर्ने सबैसँग विश्वासयोग्य हुन खोज्नेछु। • मेरो परम समृद्धिको लागि मेरो सबै अभिरुचि उपर प्रबन्धमुताबिक प्रबल उहाँकै ईच्छा र ईश्वरीय हेरचाहमा भरोसा गर्दै, म हृदयमा शुद्ध हुन मात्र खोज्ने छैन, तर सबै चिन्ता, असन्तुष्टि, सबै निराशा हटाउन खोज्नेछु । • प्रभुको प्रबन्धले जे अनुमति दिन्छ,त्यसमा म,नता गनगनाउँनेछु न असन्तुष्टि नै हुनेछु, किनकि "जेसुकै हुन आओस् , विश्वासले उहाँमा दृढतापूर्वक भरोसा गर्दछ।"
यहोवा हाम्रो परमेश्वर
भजनसंग्रहका रचयिता यसो भन्दछन्, “परमप्रभु सबैका निम्ति भला हुनुहुन्छ; अनि उहाँका कोमल कृपाहरूचाहिँ उहाँका सबै कामहरूमाथि रहन्छन्।”(भजनसंग्रह १४५:९) यस व्यापक कथनले भौतिक ब्रह्माण्डको सबैभन्दा सर्वोच्च सीमाहरु अनि सबैभन्दा नम्र साथै अति उच्चमा उचालिनुभएको चेतनशील प्राणीलाई पनि समेटेको छ।सारा सृष्टि नै उहाँको हेरचाहमा छ।यहोवा, हाम्रा परमेश्वर, सम्पूर्ण ब्रह्माण्डको महान् सम्राट हुनुहुन्छ र उहाँको बुद्बि, शक्ति, भलाई र परोपकार, यति उच्च ओहदामा हुनुहुनेको सबै जिम्मेवारहरुको लागि प्रशस्त मात्रामा समान छ।यस्तो जिम्मेवारी वहन गर्न सक्ने र यस्तो भार थेग्न सक्ने प्राणीको मानसिक स्रोतहरुलाई बुझ्ने प्रयासका लागि मानव मस्तिष्क डगमगाउँदछ।एकै क्षणको लागि सोच्नुहोस्: त्यो स्मृति जुन कहिल्यै असफल हुँदैन; त्यो न्याय जेले कहिल्यै गल्ती गर्दैन; असफलताको सम्भावना नै नभएको अनन्तकालसम्मको लागि योजना बनाउने त्यो ज्ञान, त्यस्तो योजनाको समयहरु ठहर्याउने त्यस्तो ज्ञान जेमा आउने युगहरुको बारेमा समेत अचुक सठीकता छ; प्रत्येक सजीव वा निर्जिव सबै विरोधी तत्त्वलाई आफ्नो भव्य ढाँचाको सिद्बिको लागि काम गर्न सक्ने बनाउने त्यो शक्ति र कौशल; त्यो अथक सतर्कता जुन कहिल्यै रोकिदैन, नता ब्रह्माण्डको सार्वभौमिक प्रभुत्त्वको दबदबाहट हेरचाहहरुबाट आराम गर्न खोज्दछ-जसको आखाँ कहिल्यै निदाउँदैन,जसको कान सदैव खुला रहन्छ, र जो सँधै सबै आवश्यकताहरुको बारेमा जानकार हुनुहुन्छ, अनि जो उहाँको बृहत कार्यक्षेत्रहरुको सबै मामिलाहरुलाई ख्याल राख्ने पक्षमा सक्रिय हुनुहुन्छ।

