नोभेम्बर २९ को दैनिक आत्मिक मनन
आओ, हाम्रो विश्वासको अङ्गीकारलाई हामी स्थिर भएर बलियो गरी पक्रौं; किनकि जसले प्रतिज्ञा गर्नुभयो, उहाँ विश्वासयोग्य हुनुहुन्छ। हिब्रू 10:23
परमेश्वरको प्रतिज्ञा त्यो जग हो जेमाथि हामीले आशा गर्ने हरेक कुराहरु, चाहे त्यो चरित्रको होस् वा आउँदै गरेको महिमाको होस्, निर्माण भएको हुन्छ। हामी यस सत्यतालाई कदर गरौं ताकि हामी यसलाई कुनै पनि अर्थमा वा कुनै पनि हदसम्म सौदाबाजी नगरौं; हामी सत्यतालाई अक्षरमा मात्र होइन तर आत्मामा;—यस प्रतिको प्रेममा पनि धारण गरौं, किनकि यो सत्य छ, साथै यो सुन्दर र महान् छ। अनि हामी धीरजी सहनशीलताको महत्त्वलाई सदाको लागि सम्झौं, ताकि हामी ख्रीष्टियान अनुग्रहहरू विकास गर्न र तीहरूको अभ्यास गर्न मात्र होइन, तर परीक्षाको लागि र उहाँले अत्तिनै महत्वपूर्ण भनी व्याख्या गर्नुभएको यस्तो चरित्रको विकासको लागि हामीमाथि आउन अनुमति दिन उचित देख्नुहुने परीक्षाहरू, सतावटहरू वा कठिनाईहरूलाई आनन्दका साथ लिन सकौं, र जे बिना सिद्ध प्रेम नता प्राप्त गर्न सकिन्छ नता कायम नै राख्न सकिन्छ। Z. ०१-११९ R २७९३:३

