नोभेम्बर १३ को दैनिक आत्मिक मनन
तिमीहरूलाई के-के खाँचो छ, सो तिमीहरूका पिताले जान्नुहुन्छ। मत्ती 6:8
यसकारण, हाम्रो बिन्तीहरु, हाम्रो आग्रहहरु, प्रभुलाई गरिएको हाम्रो पुकार, हृदयको पवित्रताको लागि, उहाँको आत्माको भरपूरीका लागि, आत्मिक भोजन, स्फूर्ति, शक्तिको लागि हुनुपर्दछ; र प्राकृतिक कुराहरूको लागि चाहिँ, उहाँले हामीले लिने पथ र नयाँ सृष्टिहरूको रूपमा हाम्रो उचित हितहरुका लागि के-के हुनेछ भनी जान्नुहुन्छ। हामीले यो कुरा उहाँमा छोड्नुपर्दछ: उहाँले हामीलाई नदिनुभएको कुराहरूका लागि हामीले उहाँलाई बारम्बार बिन्ती गरेको देखेर उहाँ प्रसन्न हुनुहुन्न, किनकि त्यसो गर्नु उहाँमाथिको विश्वासको उदाहरण हुनेछैन, तर उल्टो— शङ्काको उदाहरण, र उहाँले हामीलाई आवश्यक पर्ने कुराहरू दिने आफ्नो प्रतिज्ञालाई बिर्सनुभएको वा बेवास्ता गरिरहनुभएको थियो भन्ने डरको प्रकटीकरण हुनेछ। Z. ०४-९० R ३३३८:६

