नोभेम्बर ५ को दैनिक आत्मिक मनन
परमेश्वरको घरमाथि एकजना महापूजाहारी हुनुभएको हुनाले, आओ, साँचो मनले, विश्वासको पूरा निश्चयतामा, नजिकमा जाऔं! हिब्रू 10:21, 22
हामी याद गरौं कि जसले असल काम शुरु गर्नुभएको छ, उहाँ कहिल्यै परिवर्तन हुनुहुन्न, र यदि हाम्रो हृदयहरु अझै पनि उहाँसँग सामंजस्यतामा छ भने, यदि हाम्रो विश्वास महान् प्रायश्चितमा अझै पनि स्पष्ट र दृढ छ भने, यदि हाम्रो समर्पण अझै पूरा र पूर्ण छ भने, ताकि हामी हाम्रो आफ्नै ईच्छाहरू होइन तर हाम्रो मामिलाहरुमा उहाँको ईच्छा पूरा होस् भनेर खोज्दछौं, तब हामीसँग साँच्चै नै विश्वासको पूरा निश्चयता हुन सक्दछ, किनकि परमेश्वर अपरिवर्तनीय हुनुहुन्छ, र हामी अझै पनि उहाँका प्रतिज्ञाहरू र व्यवस्थाहरूको सामंजस्यतामा छौं भन्ने कुरा थाहा पाएर, हामी जान्दछौं कि उहाँका सबै अनुग्रहमय प्रबन्धहरू अझै पनि हाम्रो पक्षमा अभ्यासित भइरहेका छन्। यो विश्वासको पूरा निश्चयता—प्रभुमा पूर्ण भरोसा हो। Z. ००-१७० R २६४३:१

