नोभेम्बर २६ को दैनिक आत्मिक मनन
तब परमप्रभुले मोशालाई भन्नुभयो: “तिम्रो हातमा त्यो के हो? प्रस्थान 4:2
यदि कुनै व्यक्ति प्रभुको आशिषित सेवामा अझ प्रचुर मात्रामा प्रयोग हुन चाहन्छ भने, उसले पहिले यसको लागि अझ बढी योग्य हुन खोजोस्। उसले ती प्रिय र आदरणीय दास मोशाको नम्रता, कोमलता, ऊर्जा अनि अथक जोश र प्रभुको स्व-बलिदानी सेवामा तिनको अनुकरण गरोस्। तर बुद्धिमान् भण्डारेले सधैं आफ्नो प्राकृतिक क्षमताहरु अनुसार विकास गर्न खोज्नेछ, र प्रभुले उसको उन्नतिको लागि कुनै चमत्कार गरिदिनुहुने आशा गर्नेछैन, अनि यसैले आफूसँग प्राकृतिक रुपमा नभएको कुरा विकास गर्न खोज्दै बहुमूल्य समय खेर फाल्नेछैन।यसकारण, हामी प्रत्येकले नम्रता, जोश, प्रभु र उहाँको उद्देश्यप्रतिको प्रेम, उहाँको सामर्थ्यमा विश्वासद्वारा, हृदय र मस्तिष्कको त्यो अवस्थामा रहन खोजौं जेले हामीलाई ईश्वरीय सेवाको कुनै पनि विभागमा प्रयोग हुन तयार, र उपयोगी बनाउनेछ जेमा प्रभुले हामीलाई बोलाउन प्रसन्न हुन सक्नुहुन्छ। Z. ९४-१४३ R १६५१:५ Z. ०१-३४८ R २९०४:४

