नोभेम्बर २ को दैनिक आत्मिक मनन
उहाँ त परमप्रभु हुनुहुन्छ; उहाँलाई जे असल लाग्छ, उहाँले त्यही गरून्! 1 शमूएल 3:18
हाम्रो सबैभन्दा उच्च कल्याणको लागि के छ भनेर हामीलाई थाहा छैन। कहिलेकाहीं हामीले असल हो भनी ठानेर, ग्रहण गर्न लालसा र ईच्छा गर्ने कुराहरू नै वास्तवमा हाम्रो लागि बेफाईदा हुन सक्दछ। धन्य हुन् ती मानिसहरू जो विश्वासद्वारा हरेक परीक्षा, कठिनाई र अन्योलको अन्धकारलाई छिचोल्न सक्षम हुन्छन्, र "प्रभुले उहाँका आफ्नाहरूलाई चिन्नुहुन्छ", र उहाँले तिनीहरूका लागि भलाई उत्पन्न गर्न सबै कुराहरु मिलाएर काम गराउँदै हुनुहुन्छ भनेर महसुस गर्न सक्षम हुन्छन्। हामीले धैर्यपूर्वक प्रभुको लागि पर्खनुपर्दछ, र उहाँको बुद्धि, प्रेम र सामर्थ्य उपर प्रश्न नगरी उहाँको प्रबन्धहरुले हाम्रो लागि चिन्हित गर्ने अनुभवहरूलाई धैर्यपूर्वक स्वीकार गर्नुपर्दछ, जससँग हामीले सँगसँगै हिड्नुपर्दछ। Z. ०१-१४८ R२८०६:४ Z. ०१-३१७ R २८८८:२

