नोभेम्बर ३० को दैनिक आत्मिक मनन
हेर, म सधैंभरि, अँ, संसारको अन्तसम्म नै तिमीहरूको साथमा छु। मत्ती 28:20
निश्चय नै, जो छर्ने कामको रेखदेख गर्न होसियार हुनुहुन्थ्यो, उहाँ कटनीको सन्दर्भमा कम चासो र कम होसियार हुनुहुन्न। हामी ऊर्जा र साहसका साथ सत्यताको हँसियालाई चलाऔं, यो कुरा याद राख्दै कि हामी प्रभु ख्रीष्टको सेवा गर्दछौं, हामी फसलको लागि मात्र जिम्मेवार छैनौं तर हामीले भेट्याउन सक्ने पाकेको"गहुँ" जम्मा गर्न हाम्रो ऊर्जाको लागि मात्र जिम्मेवार छौं। यदि पाकेको गहुँका केही दानाहरू भेट्टाउनको लागि परिश्रम धेरै छ भने हामीले भेट्टाउने ती गहुँहरूमा अझ बढी आनन्दित हुनुपर्दछ, अनि दुर्लभ र बहुमूल्य कुराहरूलाई प्रेम र कदर गर्न सिक्नुपर्दछ। यस सेवामा हामीले गर्न सक्ने सबै बुद्धि प्रयोग गर्दा, यो कुरा पनि याद गरौं कि प्रभुको उद्देश्य हामीलाई उहाँको काममा हिस्सेदारी दिनुमा हामीले के पूरा गर्न सक्छौं भन्ने कुरामा त्यति धेरै छैन, जति त्यो परिश्रमले हामीमाथि ल्याउने आशिषमा छ। Z. ०१-१५५ R २८११:४

