नोभेम्बर २८ को दैनिक आत्मिक मनन
जब उहाँले चैन दिनुहुन्छ, तब कसले गड़बड़ी मच्चाउन सक्छ? अय्यूब 34:29
तर उहाँ, सबै सान्त्वनाका परमेश्वर बाहेक अरू कसले समुद्रमा अचानक आँधी आएझैं प्राणमाथि उठ्ने कोलाहलहरुको बीचमा चैन दिन सक्छ र? संकटमा परेका समुद्रका नाविकहरू जस्तै, हामी पनि उहाँलाई पुकार्दछौं, र उहाँले हामीलाई परमेश्वरमा शान्ति र चैनको—ईच्छित—आशिषित सुरक्षित आश्रयस्थलमा ल्याउनुहुन्छ। शान्तिको यस्तो जवाफ ल्याउने पुकार के हो त? यो, अशान्तिको सबै बेलाबखतहरू हटाइयोस् भन्ने प्रार्थनाले होइन, किनकि मानव आत्मालाई यसरी शान्ति ल्याउने ईश्वरीय ईच्छा सधैं हुँदैन; यो सधैं सबैभन्दा उत्तम तरिका हुँदैन। तर त्यहाँ एउटा पुकार छ जेमा कसैले पनि गड़बड़ी मच्चाउन नसक्ने चैन ल्याउन कहिल्यै असफल हुँदैन। यो परमेश्वरको ईच्छामा सुगन्धित, भरपर्दो प्रेममय स्वीकारको लागि प्रार्थना हो।" Z. ९६-२५९ R २०५८:३

