नोभेम्बर ६ को दैनिक आत्मिक मनन
यसकारण भाईहरू हो, परमेश्वरका कृपाहरूद्वारा म तिमीहरूलाई विन्ती गर्दछु: तिमीहरूले आफ्ना शरीरहरू पवित्र, परमेश्वरलाई मनपर्ने, जिउँदो बलिदानको रूपमा चढ़ाइदेओ; यही तिमीहरूको समुचित सेवा हो। रोमी 2:1
हामीसँग भएको सबै कुराहरु प्रभुको सेवामा अर्पण गर्नु केवल एक उचित कुरा मात्र होइन, तर हामीप्रति यस्तो करुणा र अनुग्रह प्रकट गर्नुहुने उहाँलाई हामीले दिन चाहेकोभन्दा निकै सानो भेटी हो। अनि यदि हामीले आफूलाई यस्तो समर्पण गर्दा कुनै ईनामहरु नजोडिएको भएतापनि, हामीले यस्तै महसुस गर्नुपर्दछ। तर परमेश्वरले महान् ईनामहरु र आशिषहरु दिनुभएको हुनाले, हामीले यो महसुस गर्नुपर्दछ कि स्वीकार गर्न इन्कार गर्नु भनेको ईश्वरीय करुणाको कदर नगर्ने सङ्केत मात्र होइन तर मस्तिष्कको, तार्कितताको कमजोरीको पनि सङ्केत हो, जेले केही छोटो वर्षहरुका लागि स्व-ईच्छाको तुच्छ र क्षणिक सुखहरूलाई प्रभुसँगको सामंजस्यतामा अनन्तको आनन्द, आशिष र महिमासँग सन्तुलनमा राख्न असमर्थ छ। Z. ००-१७० R २६४२:५

