नोभेम्बर १६ को दैनिक आत्मिक मनन
उसले जे गर्न सक्थी, त्यही गरेकी छे। मर्कूस 14:8
हाम्रा प्रिय मुक्तिदातासँग व्यक्तिगत सम्पर्कमा आउनु हाम्रो सौभाग्य होइन, तर प्रभुका"भाईहरू" लाई प्रेम, सहानुभूति, आनन्द र शान्तिको सुगन्धित अत्तरले अभिषेक गर्नु हाम्रो सौभाग्य हो, अनि हाम्रो स्व-इन्कारको सन्दर्भमा यो जति महँगो हुन सक्छ, त्यति नै यो हाम्रो जेठो दाईको आंकलनमा बहुमूल्य हुनेछ, जसले घोषणा गर्नुभयो कि हामी उहाँका भाईहरूलाई जुन अनुपातमा गर्छौं वा गर्दैनौं, त्यही अनुपातमा नै हामी उहाँको निम्ति गर्छौं वा गर्दैनौं।....हाम्रा सङ्गमर्मरको भुँडुल्कोहरू हाम्रो हृदयहरू हुन्, जुन सबैप्रति असल ईच्छाको निम्ति, दया र प्रेमको सबैभन्दा महँगो र सुगन्धित अत्तरहरुले भरपूर हुनुपर्दछ, तर विशेषगरी ख्रीष्टप्रति—शीर, हाम्रा प्रभु येशू, र उहाँको शरीरका सबै सदस्यहरू, मण्डलीप्रति; र विशेषगरी हाम्रो पाटोमा पाउका सदस्यहरूप्रति जो अहिले हामीसँग छन्, र जसमाथि अब हामीलाई प्रभुको नाममा प्रेम र भक्तिको सुगन्धित बास्नाहरू खन्याउने सौभाग्य छ, किनकि हामी उहाँका हौं। Z. ९९-७८; Z. ००-३७८; R २४४८:५; R २७४४:३

