नोभेम्बर ३ को दैनिक आत्मिक मनन
जागा रहो र प्रार्थना गर, कि तिमीहरू परीक्षामा नपर; आत्मा साँच्चै तयार छ, तर शरीर कमजोर छ। मत्ती 26:41
कोही जागा नरही प्रार्थना गर्ने गल्ती गर्दछन्; कोही प्रार्थना नगरी जागा रहने गल्ती गर्दछन्; तर सुरक्षित र एकमात्र उचित विधि भनेको हाम्रो प्रभुले निर्देशन दिनुभएको, यी दुवै जागा रहने र प्रार्थना गर्ने कुरालाई सम्मेल गराउनु हो। हामीले संसार, शरीर र शैतानको अतिक्रमणहरु विरुद्ध सतर्क रहनुपर्दछ र जागा रहनुपर्दछ। हामीले प्रभुको वचनका सबै प्रोत्साहनहरू, तीहरूको पूर्णताको प्रमाण, उहाँको उपस्थितिलाई सङ्केत गर्ने चिन्हहरू र नजिकै रहेको युगहरुको महान् परिवर्तनहरूको लागि जागा रहनुपर्दछ। हामीले विश्वास, आशा, वफादारिता र प्रेममा हामीलाई बलियो बनाउने हरेक कुराहरुको लागि जागा रहनुपर्दछ; अनि जागा रहिरहेको बेला हामीले निरन्तर प्रार्थना गर्नुपर्दछ। हामीले प्रभुका जनहरूको रूपमा एकसाथ प्रार्थना गर्नुपर्दछ; हामीले हाम्रो घरहरुमा, परिवारहरुको रूपमा प्रार्थना गर्नुपर्दछ; हामीले गोप्य रूपमा, एकान्तमा प्रार्थना गर्नुपर्दछ। Z. ०१-८० R २७७५:५

