नोभेम्बर २४ को दैनिक आत्मिक मनन
यसैले परमेश्वर र मानिसहरूप्रति विवेक सधैंभरि निर्दोष राख्नलाई म आफैले प्रयत्न गर्दछु। प्रेरित 24:16
हाम्रो पतित स्वभावका अन्य सबै विशेषताहरू जस्तै हाम्रो विवेकहरुलाई पनि नियमन गर्न आवश्यक छ। यदि हाम्रो विवेकहरुलाई नियमन गर्ने हो भने हामीसँग त्यसलाई व्यवस्थित र नियमन गर्नको लागि केही मापदण्ड हुनुपर्दछ। विवेक एउटा घडी जस्तै हो जसकोसंख्याचक्रमा घण्टाहरुको सही चिन्ह लगाइएको हुन्छ, तर समय ठिकसम्म कायम राख्ने यसको मुख्य भागको उचित नियमनमा निर्भर गर्दछ, ताकि यसले समयहरूलाई सत्यतापूर्वक औंल्याउन सकोस्: यसरी नै हाम्रो विवेकले हामीलाई सही र गलत संकेत गर्न तयार छ, तर परमेश्वरको वचनमा हामीलाई प्रस्तुत गरिएको प्रेमको व्यवस्थासँग पूर्ण सामंजस्यतामा ल्याईएको नयाँ मुख्य मुल, नयाँ हृदय, शुद्ध ईच्छासँग जोडाईएर नियमन गरिएपछि मात्र यसले हामीलाई के सही र के गलत छ भनेर साँचो रुपमा बताउनेमा भर पर्न सकिन्छ। Z. ००-३६० R २७३५:१

