नोभेम्बर २७ को दैनिक आत्मिक मनन
सारा प्रार्थना र अन्तर्विन्ती गर्दै हर समय आत्मामा प्रार्थना गर, अनि यसैका निम्ति सारा प्रयत्न गर्दै जागा रहो। एफिसी 6:18
हामीले भन्ने र गर्ने सबै कुरामा हामीमा प्रार्थनाको आत्मा हुनुपर्दछ: अर्थात, हाम्रो हृदयहरु जीवनका सबै मामिलाहरूमा निरन्तर प्रभुकहाँ मार्गदर्शनको लागि मोडिनुपर्दछ, ताकि हाम्रो हातहरूले जे भेट्याउँदछौं, त्यो उहाँलाई ग्रहणयोग्य हुने तरिकाले, हामीले आफ्नो शक्तिले गर्न सकौं, अनि हामी उहाँद्वारा परीक्षाबाट सुरक्षित हुन सकौं जुन परीक्षा अन्यथा हाम्रो सहनशीलताभन्दा बाहिर हुन सक्छ, र हामी अन्ततः दुष्टबाट छुटकारा पाएर हाम्रो प्रभुको राज्यमा स्थान पाउन सकौं। दाजुभाई अनि दिदीबहिनीहरू हो, हामी हाम्रा प्रभुका यी वचनहरूलाई अझ धेरै सम्झौं र व्यवहारमा उतारौं, "जागा रहो र प्रार्थना गर, कि तिमीहरू परीक्षामा नपर।" Z. ०१-८० R २७७५:५

