नोभेम्बर १९ को दैनिक आत्मिक मनन
जागा रहौं र सचेत रहौं! 1 थिस्सलोनिकी 5:6
परमप्रभु हाम्रा परमेश्वरले उहाँको निम्ति ग्रहणयोग्य सेवा के हुनेछ भन्ने सन्दर्भमा हामीलाई दिनुभएको सबै निर्देशनहरूलाई होसियारीपूर्वक ध्यान दिने अर्थमा हामी जागा रहौं। महान् प्रधान पूजाहारीको पाईलाहरुमा सकेसम्म नजिकबाट हिँड्ने प्रयास गर्दै हामी आफै जागा रहौं।....हामी यस अर्थमा सचेत रहौं कि हामी हेलचेक्य्राइँ गर्ने हुनेछैनौं; ताकि प्रभुमा खुशी, आनन्दित हुँदा, हाम्रा पिताको चरित्र र योजनाको गलत बुझाईले गर्दा अरू धेरैमाथि आइपर्ने चिन्ताजनक चासोहरुबाट मुक्त भएतापनि, हामी प्रभुको सेवाको सन्दर्भमा;—विचारहीन रुपमा लापरबाही नभई, अवसरहरू र सौभाग्यहरूलाई पछि पछुताउनु पर्ने गरी हाम्रो हातबाट चिप्लन नदिई वर्तमान अवसरहरू र सौभाग्यहरूको हार्दिक प्रशंसा र कदर गर्ने अर्थमा सचेत रहन सकौं। Z. ०२-२३९ R ३०५६:५

