नोभेम्बर १८ को दैनिक आत्मिक मनन
0:00 / …
परमप्रभुको भय मान्नेहरूका चारैतिर उहाँको दूतले छाउनी लाउँछन् र उनीहरूलाई छुटकारा दिन्छन्। भजनसंग्रह 34:7
यस पदले यो महसुस गर्नको लागि एक ख्रीष्टियानको आत्मविश्वासलाई यसरी बढाउँदछ कि सांसारिक शक्तिहरू विरोधमा हुन सक्छन्, र जब ऊ आफैं विरोधीहरूको प्रतिरोध गर्न साँच्चै शक्तिहीन हुन सक्दछ, अनि शरीर र रगतका विरोधीहरूको अतिरिक्त उसले उच्च स्थानहरूमा रहेका आत्मिक दुष्टतासँग पनि—शैतान र अन्धकारका त्यसको सेवकहरू विरुद्ध पनि लड्दछ भन्ने कुरा महसुस गर्न सक्दछ—तर अर्कोतर्फ, "जो हाम्रो पक्षमा हुनुहुन्छ, उहाँचाहिँ हाम्रो विरुद्धमा हुने सबैभन्दा महान् हुनुहुन्छ", अनि सबै स्वर्गीय सेनाहरू ईश्वरीय ईच्छाको अधीनमा छन् र ईश्वरीय बुद्धिअनुसार ईश्वरीय उद्देश्यको उन्नतिको लागि खटाईन सकिन्छ। Z. ९७-१२० R २१४०:६

