नोभेम्बर ७ को दैनिक आत्मिक मनन
अनि मैले तिनीहरूका प्राणहरू देखें, जसका शिर येशूको गवाही र परमेश्वरको वचनको कारणले काटिएका थिए। प्रकाश 20:4
यद्यपि यो शीर काटिनुको अर्थ शाब्दिक नभई सांकेतिक भएतापनि, यसको गहिरो महत्त्व छ।....यसले स्व-ईच्छाको मृत्युलाई मात्र होइन, तर अन्य सबै शीरहरू, शासन पद्धतिहरु र कानुन कार्यान्वयन गर्नेहरुबाट अलग हुनु, र येशूबाहेक अरू कुनै"शीर" लाई चिन्न नहुने कुरालाई पनि जनाउँदछ, जसलाई परमेश्वरले मण्डलीको शीरको रूपमा नियुक्त गर्नुभएको छ, जुन उहाँको शरीर हो।....यसको अर्थ, संस्थागत शीरहरू र अधिकारीहरूबाटअलग हुनु मात्र होइन, तर हाम्रो आफ्नै शीरहरु र ईच्छाहरू राख्न बन्द गर्नु पनि हो, र यसको सट्टा, हाम्रो प्रभु येशूको शिरत्व, ईच्छा, स्वीकार्नु हो। यो रोमी ६:३ मा प्रेरितले हाम्रो ध्यानमा ल्याएका यही विचार नै हो, जहाँ उनले घोषणा गर्दछन् कि हामी एउटै शीर, ख्रीष्टको अधीनमुनि, त्यो शरीरका सदस्यहरूको रूपमा, ख्रीष्टको शरीर भित्र बप्तिस्मा लिएका छौं, उहाँकै मृत्युभित्र बप्तिस्मा लिएर,—हाम्रो ईच्छाहरुको पूर्ण समर्पण, र अन्ततः मृत्युसम्मै विश्वासयोग्यतापूर्वक हाम्रो जीवनको पूर्ण अर्पण। Z. ००-२८५ R २७००:६

