नोभेम्बर १५ को दैनिक आत्मिक मनन
0:00 / …
जसले ‘म उहाँमा रहन्छु’ भन्छ, ऊ आफै पनि, उहाँ जसरी हिँड़्नुहुन्थ्यो, त्यसरी नै हिँड़्नुपर्छ। 1 यूहन्ना 2:6
ऊ हाम्रा प्रभु हिँड्नुभएझैं हिँड्नुपर्दछ, उहाँको सामान्य आचरण र सबै असल कुराहरुसँगको सम्बन्धमा र त्यसै अनुरूप सबै खराब कुराहरूबाट बच्नुपर्दछ। ऊ येशूको पाइलाहरुमा सकेसम्म नजिकबाट हिंड्नुपर्दछ। तथापि, यसको अर्थ यो होइन कि उसले असिद्ध शरीरमा उसको प्रभुको सम्पूर्ण सिद्धतासम्म हिँड्नुपर्दछ वा हिँड्नसक्दछ, जो आफ्नो शरीरमा पनि सिद्ध हुनुहुन्थ्यो। यसको अर्थ यसले भनेको जस्तै यही हो कि, हामीले उहाँ जसरी हिँड्नुहुन्थ्यो, त्यसरी नै उही तरिकामा, उही दिशामा, उही लक्ष्य र स्तरतिर हिँड्नुपर्दछ—जुन उहाँले पहिचान र स्थापित गर्नुभयो। Z. ०३-३४५ R ३२३७:५

