नोभेम्बर २३ को दैनिक आत्मिक मनन
परमेश्वरको ईच्छा पूरा गरेर तिमीहरूलाई प्रतिज्ञा गरिएको कुरा पाउनलाई धीरजको[प्रफुल्लित सहनशीलता, स्थिरताको] खाँचो छ। हिब्रू 10:36
यहाँ हामी देख्दछौं कि परमेश्वरको ईच्छा पूरा गर्न मात्र परीक्षा होइन, तर त्यो बिन्दुमा पुगेपछि, हाम्रो हृदयहरुमा, हाम्रो ईच्छाहरुमा(यदि शरीरमा आंशिक रूपमा मात्र भए पनि) चरित्रको त्यो छाप प्राप्त गरिसकेपछि, हामीले धीरजी सहनशीलताद्वारा, परमेश्वरको धार्मिक ईच्छालाई हाम्रो हृदयहरुको व्यवस्था, सबै परिस्थितिहरु र अवस्थाहरुमा जीवनको नियमको रूपमा स्थापित गर्नुपर्दछ। त्यसपछि, र त्यतिन्जेलसम्म होइन, कि हामी परमेश्वरको राज्यका लागि हृदयमा योग्य अवस्थामा हुनेछौं। प्रेरित याकूब यसो भन्दछन्: "तिमीहरूको विश्वासको जाँचले धीरज[धीरजी सहनशीलता] उत्पन्न गर्छ;" अर्थात्, यदि हाम्रो विश्वास परीक्षामा खडा भयो भने यसले धीरजी सहनशीलताको यो चरित्रको विकासका लागि काम गर्नेछ। अवश्य पनि, अर्कोतर्फ, यदि हामीले धीरजी सहनशीलता प्राप्त गरेनौं भने यसको अर्थ, हाम्रो विश्वास सन्तोषजनक रूपमा परीक्षामा खडा भएको छैन र हामी परमेश्वरको राज्यको लागि योग्य छैनौं, भन्ने हुनेछ। Z. ०१-११७ R २७९२:१

