नोभेम्बर २२ को दैनिक आत्मिक मनन
0:00 / …
तपाईंको घरको जोशले मलाई खाएको छ। भजनसंग्रह 69:9
जोश नभएको, बढी लेखाजोखा गर्ने मानिसहरूमा अरू असल गुणहरू हुन सक्दछ, तर प्रभु अनुग्रही हुनुहुन्छ भनी एक पटक चाखेकाहरूको हकमा चिसोपना वा मन तातोपनका लागि कुनै ठाउँ छैन। यसरी चाखेकाहरुलाई जागृत प्रेमले उपभोग्य जोशतर्फ डोर्याउनुपर्दछ। हाम्रो प्रभु येशूसँग यस्तै नै थियो, र यो उहाँ पिताको प्रिय हुनुको कारणहरु मध्ये एउटा थियो।....प्रभुको दृष्टिमा उहाँलाई खुशी पार्ने हुन चाहने सबै धार्मिकता र सत्यताको लागि जोशको यस्तै आत्माले यति भरपूर होऊन् ताकि यसले तिनीहरूलाई प्रभुको वेदीमा बलिदानको रूपमा जलाओस्। यसरी तिनीहरू हाम्रा प्रभु येशूमार्फत पितालाई अत्यन्तै मनपर्ने र ग्रहणयोग्य हुनेछन्। Z. ९८-११२ R २२८९:३

