नोभेम्बर ११ को दैनिक आत्मिक मनन
0:00 / …
तिमीहरूले सारा यत्न गरेर आफ्नो विश्वासमाथि सद्गुण(दृढता) थप। 2 पत्रुस 1:5
प्रभुका जनहरूको एउटा ठूलो कठिनाई यो हो कि, सही मार्गको लागि दृढ संकल्प गरेतापनि र यसरी परीक्षाको प्रतिरोध गर्दा पनि, उनीहरूले पर्याप्त सकारात्मक कदम चाल्दैनन्। धेरैले परीक्षा गर्नेलाई भन्दछन्, म यो समयमा हार नमान्ने निष्कर्षमा पुगेको छु। यसरी उनीहरूले आफ्नो मस्तिष्कमा एउटा अवसर खुला छोड्दछन्, जेद्वारा परीक्षा गर्ने फर्केर आउन सक्दछ। हाम्रो प्रभुको मार्ग उचित थियो: हामीले परीक्षा गर्नेलाई एकैचोटि र सधैंको लागि त्याग्नुपर्दछ। हामीले आफ्नो अडानलाई यति दृढताका साथ लिनुपर्दछ कि विरोधीले पनि त्यो रेखामा हामीमाथि फर्केर आउनु उचित नठानोस्; "हे विरोधी, मलाई छोड्—म मेरो परमेश्वरको मात्र संगति र सेवा गर्नेछु।" Z. ०४-१० R ३२९९:६

