नोभेम्बर ९ को दैनिक आत्मिक मनन
शरीरले आत्माको विरोधमा अभिलाषा गर्दछ, र आत्माले शरीरको विरोधमा; अनि तिमीहरू जे ईच्छा गर्दछौ, ती कुराहरू गर्न नसक भनेर यिनीहरू एक-अर्काको विरोधमा छन्। गलाती 5:17
यही नै ठुलो र निरन्तर लड़ाइँ छ, किनकि यद्यपि नयाँ ईच्छाले आफैलाई स्थापित गर्दछ अनि शरीरलाई वशमा राख्दछ र नयाँ मस्तिष्कको अधीनमा बस्न बाध्य पार्दछ, यसको बाबजुद मरणशील शरीर, वास्तवमा मरेको नहुनाले, निरन्तर संसार र शत्रुको सम्पर्कमा आइरहने र यीद्वारा निरन्तर उत्प्रेरित भइरहने अनि सांसारिक चिन्ताहरु, महत्वाकांक्षाहरू, विधिहरू, प्रयासहरू, संघर्षहरू, र हाम्रो नयाँ ईच्छाप्रतिको अवज्ञाले, फेरि पुनर्जीवित भइरहेको हुनेछ। कुनै पनि सन्त—बाहिर र आफै भित्रको लडाइँहरुको यस प्रकारका अनुभवहरू बिना हुँदैनन्। यो अन्त्यसम्मको लडाइँ हुनुपर्दछ नत्र हामीले लड्ने महान् पुरस्कार प्राप्त हुनेछैन। किनभने नयाँ सृष्टिले प्रभुको अनुग्रह र शक्तिद्वारा मरणशील शरीरमाथि बारम्बार प्रभुत्व जमाए तापनि मृत्यु नहुञ्जेलसम्म द्वन्द्वको अन्त्य हुन सक्दैन। Z. ०३-४२४ R ३२७५:२

