नोभेम्बर ८ को दैनिक आत्मिक मनन
तिमीले परमप्रभु आफ्ना परमेश्वरको नाम व्यर्थैमा नलिनू। प्रस्थान 20:7
यद्यपि यो आज्ञा आत्मिक इस्राएललाई दिइएको थिएन, तर यसको आत्मा हामीकहाँ कसरी आउँदछ भनेर हामी सजिलै देख्न सक्दछौं।....हामीले ख्रीष्टको नामलाई आफ्नै नाम झैं लिएका छौं। हामी ख्रीष्टको शरीरका सदस्यहरूको रूपमा गन्ती भएका छौं। शिरको पवित्र नाम, सबै सदस्यहरूको हो। दुलहाको आदरणीय नाम उहाँसँग मगनी गरिएको पनि हो। यस विचारले हामीलाई कति होसियार बनाउनुपर्दछ र हामीले आफैलाई कति उचित तरिकामा यो भन्नुपर्दछ:—"मैले प्रभुको नामव्यर्थैमा लिएको छैन भनेर मैले ख्याल राख्नुपर्दछ। —कि म संसारमा उहाँको प्रतिनिधि र राजदूतको रूपमा मेरो पदको आदर, गरिमा र जिम्मेवारीको कदर गर्दछु। सकेसम्म त्यो नामको अनादर नहोस् भनेर म सावधानीपूर्वक हिंड्नेछु, तर यसको विपरीत हरेक सोचविचार, बोलीवचन र कार्यमा त्यो नामको आदर गर्नेछु।" Z. ०४-७३ R ३३३१:१

