नोभेम्बर २१ को दैनिक आत्मिक मनन
मेरा भाईहरू हो, जब तिमीहरू नाना प्रकारका परीक्षाहरूमा पर्दछौ, तब तिमीहरूले यो पूरा आनन्द सम्झ। याकूब 1:2
निस्सन्देह, प्रायजसो सबैले चाहन्छन् कि परीक्षाहरू सबै समाप्त होस् र हामीलाई विजयीहरूको माझमा स्वीकार गरियोस्; तर धीरज, विश्वास र भरोसाले हाम्रो हृदयहरुमा परिष्कृत गर्ने काम गर्नुपर्दछ, जेले हामीलाई कोमल, ईच्छुक र प्रभुप्रति आज्ञाकारी बनाउँदछ। असल काम जारी रहोस्। यदि हाम्रा परीक्षाहरूले हामीलाई फाईदा हुने कुनै पनि प्रकारको पाठहरु सिकाएको छ भने हामी आनन्दित होऔं;—ती पाठहरुले हामीलाई चरित्रमा बलियो हुन, सत्यता र धार्मिकताका लागि अझ दृढ बन्न, हाम्रो आफ्नै कमजोरीहरूबारे अझ बढी सजग हुन अनि ती कमजोरी विरुद्ध जोगिन अझ बढी सजग बनाएको छ। यहाँसम्म कि ती द्वन्द्वहरू जेले आंशिक विजयहरू मात्र परिणामको रुपमा ल्याएको छ, सम्भवतः ती हाम्रै फाईदाको लागि भएका हुन सक्छन्।....पूर्ण असफलता भएका बिन्दुहरूमा समेत, यसको परिणाम चरित्रको सुदृढीकरण, त्यस दिशामा अझ बढी जोशको लागि दृढ संकल्पको स्फटिकीकरण, र प्रार्थनामा प्रभुको सामु हृदयको नम्रता हुन सक्दछ। Z. ०२-१३३ R ३००१:५

