नोभेम्बर ४ को दैनिक आत्मिक मनन
उहाँले आफैलाई रित्त्याउनुभयो, र दासको रूप धारण गरेर उहाँ मानिसहरूको समानतामा हुनुभयो। फिलिप्पी 2:7
जसरी कुनै पनि मानिसले दुई जना मालिकहरुको सेवा गर्न र दुवैलाई सन्तुष्ट पार्न, र दुवैका लागि न्यायी हुन सक्षम हुँदैन, किनकि तिनीहरूको स्वार्थहरू एक-आपसमा विरोधाभास छन्, त्यसरी नै अब हामी परमेश्वर र धार्मिकताको सेवा गर्न, अनि एकै समयमा विरोधी र यस वर्तमान वण्टनमा शासन गर्ने"यस संसारको शासक" सँग सामंजस्यमा हुनेहरूलाई खुशी पार्न र ग्रहणयोग्य हुन सक्दैनौं। प्रभुका सबै समर्पित जनहरू, जसले स्वर्गमा धन थुपार्नेछन् र परमेश्वरप्रति धनी हुनेछन्; तिनीहरू जो समर्पित छैनन्, र जो आफ्नो पेशाहरु जेसुकै भए तापनि, जसले वास्तवमा धन, स्वार्थ र वर्तमान जीवनको सेवा गरिरहेका छन् र स्वर्गीय राज्यको प्राप्तिको निम्ति यी स्वार्थहरूलाई बलिदान गरिरहेका छैनन्, तिनीहरूको माझमा कुनै प्रतिष्ठा नभएको हुन(रित्याउन) ईच्छुक हुनुपर्दछ। Z. ००-३१८ R २७१७:५

