नोभेम्बर १० को दैनिक आत्मिक मनन
प्रेम...अधर्ममा आनन्दित हुँदैन, तर सत्यतामा आनन्दित हुन्छ। 1 कोरिन्थी 13:6
के सही र गलतको सिद्धान्तहरू मेरो मस्तिष्कमा यति दृढ रुपमा स्थापित भएको छ, र के म ठिक कुरा पूर्ण रुपमा सहमत छु र गलतको यति विरोध गर्छु कि म गलतलाई प्रोत्साहन गर्दिन, चाहे यसले मलाई फाईदा नै पुराउन सक्ला तर यसको निन्दा नै गर्दछु? के म ठिक कुरा, सत्यतासँग यति सहमत छु कि मेरो केही पूर्वकल्पित विचारहरूलाई विचलित पार्दा वा मेरो केही सांसारिक हितहरूको नोक्सानीमा पनि म सत्यता र यसको समृद्धिमा आनन्दित हुनबाट बच्न सक्दिन? परमेश्वरको प्रेम, जेलाई प्रेरितले यहाँ प्रभुका जनहरूको आत्माको रूपमा वर्णन गर्दैछन्, त्यो प्रेम स्वार्थपनभन्दा धेरै माथि छ, र निश्चित सिद्धान्तहरूमा आधारित छ जुन दिन प्रतिदिन, अझ स्पष्ट रूपमा बुझ्नुपर्दछ, र कुनै पनि मूल्यमा सधैं दृढतापूर्वक पालन गर्नुपर्दछ। Z. ०३-५७ R ३१५१:३

