जुलाई १० को दैनिक आत्मिक मनन
१ कोरिन्थी १३
मैले मानिसहरूका र स्वर्गदूतहरूका भाषाहरू बोले तापनि मसँग प्रेम छैन भने म
ता ठ्याङठ्याङ गर्ने पित्तल वा झ्याइँझ्याइँ गर्ने झ्याम्टाजस्तो मात्र भएँ।
अनि मसँग भविष्यवाणी गर्ने वरदान भए तापनि र सबै रहस्यहरू र सबै ज्ञानहरू जाने तापनि, साथै पहाड़हरू हटाउन सक्ने पूरा विश्वास मसँग भए तापनि मसँग प्रेमचाहिँ छैन भने म केही पनि होइनँ।
अनि मैले आफ्नो सारा सम्पत्ति गरिबहरूलाई खुवाउन दिए तापनि र आफ्नो
शरीरलाई जल्नका निम्ति सुम्पिदिए तापनि मसँग प्रेमचाहिँ छैन भने मलाई केही
पनि लाभ हुँदैन।
प्रेमले खूबै सहन्छ, र दयालु हुन्छ; प्रेमले डाहा गर्दैन, प्रेमले आफ्नो प्रशंसा गर्दैन,
घमण्डले फुलिँदैन,
रूखो व्यवहार गर्दैन, आफ्नै भलाइ खोज्दैन, झड़ङ्ग रिसाउँदैन, खराबीको
हिसाब राख्दैन,
अधर्ममा आनन्दित हुँदैन, तर सत्यतामा आनन्दित हुन्छ;
त्यसले सबै कुराहरू सहन्छ, सबै कुराहरू विश्वास गर्छ, सबै कुराहरूको आशा
गर्छ, सबै कुराहरूमा धीरज धर्छ।
प्रेम कहिल्यै टल्दैन। तर चाहे भविष्यवाणीहरू होऊन्, ती बितेर जानेछन्; चाहे भाषाहरू होऊन्, ती बन्द हुनेछन्; चाहे ज्ञान होस्, त्यो बितेर जानेछ। किनभने हाम्रो ज्ञान
अधूरो हुन्छ, अनि हाम्रो भविष्यवाणी अधूरो हुन्छ।
तर जब सिद्धचाहिँ आउँछ, तब जो अधूरो छ, त्यो हटाइनेछ ।

