जुलाई ११ को दैनिक आत्मिक मनन
हरेक जो परमेश्वरबाट गर्भधारण भएको हुन्छ, उसले पाप गर्दैन;…तर उसले आफूलाई जोगाइराख्छ, र त्यस दुष्टले उसलाई छुँदैन। 1 यूहन्ना 5:18
जबसम्म हृदय (मस्तिष्क, ईच्छा) पवित्र रहिरहन्छ, परमेश्वर र धार्मिकतासँग सामंजस्यतामा हुन्छ,—हाम्रो गर्भधारणको बीउ, पवित्रताको आत्मा हामीमा रहिरहन्छ,—तबसम्म नयाँ मस्तिष्कले पापलाई स्वीकार्न सक्दैन, तर यसको विरोधी हुनैपर्छ र हुनेछ। यसको बाबजुद, लडिएका धेरै लडाइँहरू हाम्रो पतित र कमजोर मानवीय स्वभावका सदस्यहरू, उनीहरूको भोकप्यासहरु र चाहनाहरूसँग छन्, तैपनि हामी, "नयाँ सृष्टिहरू" को रूपमा शरीरबाट अलग र भिन्न छौं, अनि शरीरका कमजोरीहरू र असिद्धताहरू ख्रीष्ट येशूमा नयाँ सृष्टिमाथि आरोप्पित छैन, तर हाम्रो प्रभुको छुटकाराको बलिदानको योग्यताहरुको मुनि ढाकिएको, छोपिएको रूपमा मानिलिन्छ। Z. ९९-५८ R २४४०:४

