जुलाई १२ को दैनिक आत्मिक मनन
यसकारण पुत्रले तिमीहरूलाई स्वतन्त्र पारे भने तिमीहरू साँच्चै स्वतन्त्र हुनेछौ। यूहन्ना 8:36
महान् शिक्षकको वचन पालन गर्ने र उहाँका चेलाहरू हुन सबै कुरामा त्यही वचन अनुसार निरन्तर लागिरहनेहरु, अन्धविश्वासहरू र अबोधताबाट मात्र होइन, तर पापको सेवाबाट पनि स्वतन्त्र हुन्छन्; अनि साटोमा उनीहरूका आफ्नै प्राकृतिक कमजोरीहरू र दागहरू, र ईश्वरीय मस्तिष्क—सत्यताको सही मूल्यांकन प्राप्त गर्दछन्। फलस्वरूप, उनीहरूको स्वतन्त्रता त्यो हो जेले उनीहरूलाई चोट पुर्याउनुको सट्टा आशिष दिन्छ; जेले घमण्ड र अहंकारको सट्टा नम्रता ल्याउँदछ; जेले क्रोधको सट्टा धीरज ल्याउँदछ; जेले द्वेष र स्वार्थको सट्टा उदारता र दया ल्याउँदछ; जेले आत्माको असन्तुष्टि र तीतोपनको सट्टा आनन्द र शान्ति ल्याउँदछ। साँच्चै, पुत्रले मात्र हामीलाई स्वतन्त्र बनाउन सक्नुहुन्छ। Z. ९९-५७ R २४४०:२

