जुलाई १३ को दैनिक आत्मिक मनन
शैतान आफैले पनि ज्योतिर्मय स्वर्गदूतको भेष धारण गर्छ। यसकारण त्यसका सेवकहरूले पनि धार्मिकताका सेवकहरूको भेष धारण गरे भने त्यो कुनै ठूलो कुरा होइन। 2 कोरिन्थी 11:14, 15
यदि शैतान कसरी असल काम गर्न इच्छुक हुन सक्दछ? भनी सोधियो भने, हामी जवाफ दिन्छौं, विरोधीले यसरी ज्योति र दयाको स्वर्गदूतको वस्त्र धारण गर्दछ कि, संसारको ज्योतितर्फ डोऱ्याउन होइन—ख्रीष्टको क्रूसतर्फ डोऱ्याउन होइन—बाइबलतर्फ डोऱ्याउन होइन—तर यी कुराहरूबाट टाढा लगी, मुक्तिको अर्को आशातर्फ, र अर्को शिक्षकतर्फ डोर्याउँदछ, यदि सम्भव भए, चुनिएकाहरूलाई समेत धोका दिन। अनि जब मामिलाहरु यस्तो अवस्थामा आइपुग्दछ, जतिबेला शैतानले शैतानलाई निकाल्नेछ र रोग निको पार्नेछ, तब हाम्रो प्रभुका वचनहरूले यस्तो संकेत गर्दछ भनी याद गरियोस्— कि यो त्यसको सिंहासन विनाशको लागि डगमगाउँदैछ भन्ने कुराको स्पष्ट प्रमाण हो, त्यसैले भन्नुपर्दा, यो विरोधीको धोखा दिने प्रयासहरुको अन्तिम चरम सीमा हो। Z. ९९-६२ R २६६९:६

