जुलाई १८ को दैनिक आत्मिक मनन
0:00 / …
अन्तिम दिनहरूमा सङ्कटपूर्ण समयहरू आउनेछन्। मनिसहरु विश्वासघाती, जिद्दीवाल,…परमेश्वरलाई भन्दा बरु मोजमज्जालाई प्रेम गर्नेहरु हुनेछन्। 2 तिमोथी 3:14
साँचो ख्रीष्टियान "जिद्दीवाल" हुँदैन, यसको विपरीत, प्रभुप्रति उसको समर्पणले प्रतिकात्मक रुपमा उसलाई शिरविहिन बनाउँदछ। उसले आफ्नो शिर गुमायो, आफ्नै ईच्छा र स्व-शासन त्याग्यो, अनि आफूलाई ख्रीष्टको शरीरको एक सदस्यको रूपमा, शिर, येशूको पूर्ण नियन्त्रणमा समर्पण गर्यो।....यसकारण, साँचो ख्रीष्टियानले जीवनको सबै मामिलाहरुमा—यसको आनन्दहरुमा साथै बोझहरु र परीक्षाहरूको सन्दर्भमा—कसरी र के गर्ने वा भन्नुपर्दछ भनी जान्न निर्देशनको लागि आफ्नो शिरसँग बिन्ती गर्दछ—हो, ख्रीष्टमा परमेश्वरको ईच्छासँग उसको मस्तिष्कको सोचविचारहरू पनि पूर्ण अनुरुप होस्। Z. ९९-१०२ R २४६१:१

