जुलाई २५ को दैनिक आत्मिक मनन
व्यवस्था दिनेहुने एकैजना हुनुहुन्छ, जसले बचाउन र नाश गर्न सक्नुहुन्छ; अर्काको न्याय गर्ने तिमी को हौ? याकूब 4:12
यस्तो विचारको सम्मेलमा नै प्रेरित पावलले कुनै एक ठाउँमा घोषणा गर्दछन् कि नता संसार नता भाईहरू नै उनलाई न्याय गर्न सक्षम थिए—कि केवल प्रभु, जसले हृदय पढ्न सक्नुहुन्छ अनि सबै अवस्थाहरू, परीक्षणहरू र लड्नु पर्ने सबै कमजोरीहरू विरुद्ध प्रयास गर्नुपर्ने यी सबै कुरा जान्न सक्नुहुन्छ, उहाँले मात्र उचित रुपमा न्याय गर्न सक्नुहुन्छ। पावलले यस्तो घोषणा पनि गर्दछन्,"अँ, म आफै पनि आफूलाई जाँच गर्दिनँ।" (१ कोरिन्थी ४:३) नता प्रभुको सन्तानको रूपमा इमानदारीपूर्वक हिंड्ने दाबी गर्नेलाई दोषी ठहराउनु, नता त्यस्तै परिस्थितिहरुमा आफैलाई पनि दोषी ठहराउनु एउटा उत्कृष्ट योजना हो। स्वर्गीय अनुग्रहहरू विकास गर्न र हाम्रो मालिकको सेवा गर्न सक्दो प्रयास गर्दै, सबै परिणामहरू प्रभुमा छोडेर हामी दिनानुदिन अगाडी बढ्नुपर्दछ। Z. ९९-१३९ R २४८०:२

