जुलाई १५ को दैनिक आत्मिक मनन
मैले आफ्नो सारा सम्पत्ति गरिबहरूलाई खुवाउन दिए,...तापनि मसँग प्रेमचाहिँ छैन भने मलाई केही पनि लाभ हुँदैन। 1 कोरिन्थी 13:3
अरूलाई सेवा गर्दा हामीले यो कुरा बिर्सनु हुँदैन कि पैसा मात्र त्यस्तो चीज होइन जेको मानिसहरूलाई अत्यन्तै खाँचो पर्दछ—कसैलाई प्रेम र सहानुभूति चाहिन्छ जसलाई पैसाको खाँचो पर्दैन। हाम्रा प्रभु यीमध्ये एक हुनुहुन्थ्यो: उहाँको आफ्नै हृदयले, जुन प्रेमले भरपूर थियो, उहाँका प्रेरितहरूमाझ प्रतिनिधित्व गरिएको पतित जातिको सबैभन्दा कुलीन व्यक्तिहरूको पनि धेरथोर घिनलाग्दो मस्तिष्कहरुमा तुलनात्मक रूपमा कम सहचार्य पायो। मरियममा उहाँले प्रेम र भक्तिको गहिराई भेट्टाउनुभयो जुन उहाँको लागि सुगन्धित धूपको, स्फूर्तिको, पुनर्ताजगीको, बास्ना थियो, एक शक्तिवर्धक थियो: अनि मरियमले स्पष्ट रूपमा अरूले भन्दा बढी, मालिकको चरित्रको लम्बाई र चौडाईको कदर गरिन्। उनी उहाँको पाउमा बसेर उहाँको बारेमा सिक्न पाएकोमा मात्र खुसी थिइनन्, तर ठूलो मूल्य चुकाएर उहाँलाई आफ्नो भक्ति, आफ्नो प्रेमको केही अभिव्यक्ति प्रकट गर्न पाउँदा पनि खुसी भइन्। Z. ९९-७७ R २४४८:३

