जुलाई २७ को दैनिक आत्मिक मनन
0:00 / …
हामीले यस दानियलको विरोधमा कुनै निहुँ भेट्टाउनेछैनौं; यसैकारण उसको परमेश्वरको व्यवस्थाको विषयमा चाहिँ हामीले उसको विरोधमा केही भेट्टाउनुपर्छ। दानियल 6:5
सबैजना दानियल जस्तै डोऱ्याइएका आत्माहरू होइनन्, नता सबैलाई उनलाई जस्तै दर्शनहरू, प्रकाशहरू र व्याख्याहरू नै दिइएको हुनसक्दछ; तर सबैसँग धार्मिकताको सिद्धान्तहरूप्रति भक्तिको समान भावना हुनेछ, जुन भक्तिलाई ईश्वरीय प्रबन्ध अन्तर्गत, पाइला-पाइलामा, साँघुरो बाटोबाट जाँदै गर्दा जाँचिनेछ, जसरी उनीहरू हामीलाई उदाहरण दिनुहुने—हाम्रो दानियल, हाम्रो अगुवा, हाम्रो प्रभु येशूको पाइलाहरुमा हिंड्न खोज्दछन्। यसकारण, ख्रीष्टको नाम लिइएका सबै अधर्मबाट अलग होऔं; ती सबै विश्वासयोग्य होऊन्: "दानियल बन्ने साहस गरुन्।" Z. ९९-१६७ R २४९४:४

