जुलाई १६ को दैनिक आत्मिक मनन
आत्माले भरपूर होओ! एफिसी 5:18
हाम्रो भरपूर हुने नाप, स्वईच्छाको आत्मालाई खाली गर्ने अनि विश्वास र आज्ञाकारिताको आत्माले भरपूर हुने नापअनुसार हुँदछ। र यद्यपि आज्ञाकारिताले दैनिक जीवनयापनमा आफूलाई प्रकट गर्नु बाहेक अरु केही गर्न सक्दैन, तैपनि यो मनसाय, ईच्छा, र हृदयको आज्ञाकारिता हो, जे नै प्रभुले आफ्ना अर्पित जनहरूमा हेर्नुहुन्छ। यसकारण, जसको हृदयहरु प्रभुप्रति पूर्ण रुपमा वफादार छ, त्यसले उहाँलाई प्रसन्न तुल्याउन सक्दछ, तर जबकि तिनीहरूसित सम्पर्कमा आउनेहरूमध्ये कतिपयको लागि त्यति मन नपराइन सक्दछ, जबकि अरुहरु बाहिरी नैतिकताको कारणले "मानिसहरूको बीचमा महान् ठहरिएकाहरु", भएता पनि तिनीहरु चाहिँ हृदयको चिसोपना वा बेइमानीको कारणले परमेश्वरको दृष्टिमा "घिनलाग्दा" हुन सक्दछन्। यसको बाबजुद, जसमा आफूमा नयाँ आशा र नयाँ आत्मा छ, उसले आफ्नो विचारहरुमा मात्र होइन, तर आफ्नो बोलीवचनहरु, कामहरु अनि भित्री र बाहिरी सबै मामिलाहरूमा पनि आफूलाई शुद्ध पार्ने प्रयास गर्नेछ। Z. ९९-९२ R २४५६:२

