जुलाई १४ को दैनिक आत्मिक मनन
सबै तीतोपना, क्रोध, रिस,…र निन्दा सबै वैरभावसमेत तिमीहरूबाट हटेका होऊन्। एफिसी 4:31
ईश्वरीय व्यवस्थाको कदर गर्ने उन्नत ख्रीष्टियानले उसको उच्च दृष्टिकोणबाट, प्रभुको दृष्टिमा घृणा हत्या हो, निन्दा गर्नु अरुलाई मार्नु हो, र छिमेकीको असल नाम बिगार्नु डकैती र लुटमार हो भनेर देख्दछ। अनि परमेश्वरका जनहरूको बीचमा मण्डलीमा गरिएका यी मध्ये कुनै पनि कुराहरु दोब्बर दुष्टता हो—भाईको हत्या र डकैती...यस नियमको एक मात्र अपवाद भनेको, "कसैको बदनाम नगर", भन्ने पक्षमा लागु हुँदछ, जुन त्यति बेला खडा हुँदछ जतिबेला दुष्टतालाई थाहा गराइन हामीलाई त्यसको अति आवश्यकता थाहा हुँदछ- जतिबेला हाम्रो हृदयको ईच्छाहरुसँग दाजिदाखेरी त्यो दुष्टता विपरीत हुन आउँदछ, र त्यो दुष्टता केवल आवश्यकताको कारणले मात्र उल्लेख गरिनुपर्दछ-अरूहरुप्रतिको प्रेमको कारणले, कि यदि सूचित गरिएन भने, तिनीहरुलाई चोट पुर्याउन सक्दछ। Z. ९९-७१ R २४४४:६; R २४४५:१

