जुलाई ३० को दैनिक आत्मिक मनन
हाम्रा निम्ति ती स्यालहरू-ती साना स्यालहरू पक्रिदेओ, जसले दाखका बोटहरू बिगार्छन्। श्रेष्ठगीत 2:15
धेरैले आफ्नो समर्पणको भाकलको स-साना उल्लङ्घनहरुको सन्दर्भमा ढिलासुस्ती गर्दै यसो भन्छन्, "यस्तो सावधानी र साधारणतया संसारको भन्दा यति फरक जीवन जियाइको के उपयोग छ र?" अँ! यसमा ठूलो उपयोग छ, किनकि साना कुराहरूमाथिको विजयहरुले ठूला कुराहरूको लागि तयार गर्दछ र तीहरूलाई सम्भव बनाउँदछ: अनि यसको विपरीत, साना कुराहरूमा शरीरको ईच्छाप्रति समर्पण गर्नुको अर्थ सम्पूर्ण युद्धमा निश्चित हार हो। हामी जो ख्रीष्टमा "नयाँ सृष्टिहरु" बनेका छौं, हामीलाई थाहा छ कि हामी जाचिनेछौं (यदि हाम्रा परीक्षणहरू पहिले नै शुरु भएका छैनन् भने), अनि हामीले यो महसुस गर्नुपर्दछ कि जब जीवनका स-साना कुराहरूमा आफूलाई इन्कार गर्ने अभ्यास गर्दछौं र खान्की, लुगाफाटा, आचरण, आदिको सन्दर्भमा हाम्रो शरीरको प्राकृतिक लालसाहरुलाई मार्दछौं (मृत तुल्याउँदछौं), तब हामी आत्मिक रूपमा बलियो हुनेछौं र "विजय" प्राप्त गर्न सक्षम हुनेछौं। Z. ९९-१७२ R २४९६:६

