जुलाई १९ को दैनिक आत्मिक मनन
के मेरा पिताले मलाई दिनुभएको यो कचौरा म नपिऊँ? यूहन्ना 18:11
हाम्रो प्रिय मुक्तिदाताको सेवकाईका सबै स-साना मामिलाहरूमा नम्रताको अनुग्रह यसरी चम्कन्छ; यतिसम्म कि उहाँको शत्रुहरूसामु आफैलाई समर्पण गर्दाको क्षणमा पनि उहाँले आफ्नो यो मार्ग स्वैच्छिक हो भनेर घमण्ड गर्नुहुन्न, नता शहीदको रूपमा प्रशंसा नै खोज्नुहुन्छ! पिताले उहाँप्रति पुत्रको व्यक्तिगत वफादारीताको प्रमाणको रूपमा यो माग गर्नुभयो भन्ने साधारण सत्यता उहाँले घोषणा गर्नुहुन्छ। उहाँले आफूलाई परमेश्वरको दास, र आफूले भोगेका कष्टहरूद्वारा आज्ञाकारिता सिक्नुभएको एउटा पुत्रको रूपमा स्वीकार गर्नुहुन्छ। सम्भवतः प्रभुका चेलाहरूलाई पिताले खन्याउनुभएको कचौरा पिउने ईच्छा हुनुभन्दा बढी अरू कुनै पाठको आवश्यकता छैन—अभिषिक्त जनको शरीरका सदस्यहरूको रूपमा हामी उहाँकै भएकोले, यसो गर्नु पिताले हाम्रो मामिलाहरुमा डोऱ्याइरहनुभएको र निर्देशन दिइरहनुभएको छ भन्ने पहिचान हो। Z. ९९-११८; Z. ०१-९१ R २४६८:६; R २७८०:५

