जुलाई १७ को दैनिक आत्मिक मनन
जसको मन तपाईंमाथि अड़ेसिएर बसेको हुन्छ, उसलाई तपाईंले शान्ति नै शान्तिमा जोगाइराख्नुहुनेछ। यशैया 26:3
यो सांसारिक शान्ति, बाध्यताविहिनताको शान्ति, आलस्यताको शान्ति, आत्म-सन्तुष्टिको शान्ति, भाग्यवादी सोचको शान्ति होइन; तर यो ख्रीष्टको शान्ति हो—"मेरो शान्ति।" पछाडी फर्केर हेर्दा हामी देख्न सक्दछौं कि मालिकले सबै परिस्थितिहरुमा परमेश्वरसँग उहाँको शान्ति कायम राख्नुभयो। यो एउटा यस्तो शान्ति हो जेले ईश्वरीय बुद्धि, प्रेम, न्याय र सामर्थ्यमा पूर्ण तवरमा भरोसा राख्दछ, यस्तो शान्ति जेले प्रभुको विश्वासयोग्य जनहरूलाई गरिएको अनुग्रही प्रतिज्ञालाई सम्झदछ—कि कुनै कुराले पनि उहाँका विश्वासयोग्य जनहरूलाई कुनै प्रकारले पनि हानि गर्नेछैन, र परमेश्वरलाई प्रेम गर्नेहरूका निम्ति सबै कुराहरु मिलेर भलाई नै उत्पन्न गर्दछन्। यो शान्तिले ईश्वरीय प्रबन्धले अनुमति दिएको कुनै पनि कुरा विश्वासद्वारा ग्रहण गर्न सक्दछ, र योहरुको बीचमा पनि मालिकले प्रतिज्ञा गर्नुभएको अन्तिम आशिषहरूको लागि आनन्दित अपेक्षाका साथ हेर्न सक्दछ, अनि जेको वर्तमान शान्ति र आनन्द केवल अग्रिम स्वादहरु मात्र हुन्। Z. ९९-९५ R २४५६:६

