जुलाई ३१ को दैनिक आत्मिक मनन
0:00 / …
हरेकको काम प्रकट हुनेछ, किनकि त्यस दिनले त्यो काम देखाउनेछ, किनकि त्यो आगोद्वारा प्रकट गरिनेछ। 1 कोरिन्थी 3:13
प्रेरितले वर्तमान समयको आग्नि परीक्षाको बारेमा बोल्दछन्, र जोसिला ख्रीष्टियानको विश्वास र कामहरुलाई सुन, चाँदी र बहुमूल्य पत्थरहरूले बनेको घरसँग तुलना गर्दै, यो घोषणा गर्दछन् कि यस युगको अन्तमा, यस दिनको आगोले प्रत्येक मानिसको कामलाई कस्तो प्रकारको छ भनेर जाँच्नेछ, अनि वास्तविक विश्वास र चारित्रिक संरचनाहरू बाहेक अरु सबैलाई नष्ट गर्नेछ। तर हामीले यो सम्झनु पर्दछ कि यस्ता वफादार चरित्रहरू केही घण्टाहरु वा दिनहरुमा अचानक च्याउजस्तै बढ्दैनन्—तर राम्रो दाना भएको र बलियो जैतुनको रूखजस्तै प्रगतिशील विकासहरूमा हुँदछन्। Z. ९९-१७१ R २४९६:५

