अगस्ट १ को दैनिक आत्मिक मनन
मृत्यु र जीवन जिब्राको वशमा छन्। हितोपदेश 18:21
जिब्रोको प्रभाव हाम्रा अन्य सबै अङ्गहरूको कुल प्रभावभन्दा बढी हुन्छ: र यसकारण, प्रभुको सेवामा, यसलाई नियन्त्रण गर्नु प्रभुका जनहरूको लागि प्रभुलाई प्रदान गरिएको उनीहरुको मरणशील शरीरहरु र सेवाको सन्दर्भमा सबैभन्दा महत्त्वपूर्ण काम हो। प्रेम, दया, सहायताका केही शब्दहरूले—मानव जीवनको सम्पूर्ण मार्गलाई कत्ति धेरै परिवर्तन गरेको छ!—हो, यीहरुले राष्ट्रहरूको नियतिलाई आकार दिन कत्ति ठूलो भूमिका खेलेको छ! अनि कति पटक दुष्ट वचनहरू, निर्दयी वचनहरू, निन्दनीय वचनहरूले, घोर अन्याय, प्रतिष्ठाको हत्या आदि गराएको छ! अथवा शुरुमा सोच्दै नसोचेको जोश, कलह, शत्रुता जगाउँदै प्रेरितले घोषणा गरेझैं "प्रकृतिको चक्रमा आगो लगाइदिएको छ।" उनले यस्ता जिब्रोहरूलाई "गेहेन्ना (दोस्रो मृत्यु) को आगो लगाइदिन्छ" भनी घोषणा गर्नु कुनै अचम्मको कुरा होइन! Z. ९९-७५ R २४४७:४

