अगस्ट २८ को दैनिक आत्मिक मनन
0:00 / …
वचन प्रचार गर; समयमा असमयमा तयार भइबस। 2 तिमोथी 4:2
यसको अर्थ यो होइन कि हामीले अरूहरुमाथि उनीहरुको लागि असुविधाजनक र अनुपयुक्त समयहरुमा सु-समाचारहरू थोपरेर तर्क र शालीनताको व्यवस्थाहरू उल्लङ्घन गर्नुपर्दछ; तर यसको अर्थ यो हो कि हामीमा सत्यताप्रति यस्तो प्रेम हुनुपर्छ, यसको सेवा गर्ने यस्तो गहिरो ईच्छा हुनुपर्छ, कि हामी त्यो सेवा गर्ने अवसरलाई खुशीसाथ स्वीकार गर्नेछौं, चाहे यो हाम्रो आफ्नै लागि जति नै असुविधाजनक किन नहोस्। यो हाम्रो जीवनको प्रमुख काम हो, जेको लागि जीवन आफै पनि अधीन्स्त छ, र त्यसैले, सेवाको कुनै पनि अवसरलाई त्याग्नु हुँदैन। Z. ०३-१८९ R ३२११:२

