अगस्ट ८ को दैनिक आत्मिक मनन
अनि जुनै पनि घरमा तिमीहरू पस्दछौ, पहिले भन: ‘यस घरलाई शान्ति होस्!’ अनि शान्तिको छोरा त्यहाँ छ भने तिमीहरूको शान्ति त्यसमाथि रहनेछ, तर छैन भने त्यो तिमीहरूकहाँ फर्की आउनेछ। लूका 10:56
वर्तमान फसलको समयमा प्रत्येक खेतालाले यी पदहरूमा प्रभुको निर्देशनलाई राम्ररी ध्यान दिनुपर्दछ। प्रभुका प्रतिनिधिहरू जहाँ जान्छन्, त्यहाँ कलह, भ्रम, अशान्ति, झगडा होइन, शान्ति जानुपर्दछ। साँचो हो, सत्यता भनेको विरोधलाई जगाउने एउटा तरवार साबित हुनेछ, तर यो सत्यता हुनुपर्दछ जेले विरोध र विभाजन ल्याउँदछ, न कि प्रभुका प्रतिनिधिहरूको तर्फबाट कुनै पनि अशिष्टता अथवा वचन वा कामको निर्दयता होइन। हाम्रो यो व्यस्त दिनमा मानवजातिलाई उत्तेजित पार्ने थुप्रै कुराहरू छन्, र सत्यता प्राप्त गर्ने सबैले "येशू ख्रीष्टद्वारा शान्ति बोल्ने" यसको आत्मा पनि प्राप्त गर्नुपर्दछ। Z. ०४-१०८ R३३४७:६ R ३४३७:४

