अगस्ट २९ को दैनिक आत्मिक मनन
0:00 / …
तिमीहरू माग्दछौ, तर पाउँदैनौ; किनभने तिमीहरू बेठीक विचारले माग्दछौ। याकूब 4:3
हामी सही तरिकाले प्रार्थना गर्न सिकौं, साथै सही तरिकाले परिश्रम र आशा गर्न सिकौं; र त्यसो गर्नको लागि हामी सुन्नमा छिटो, बोल्नमा ढिलो, प्रभुको वचन र उहाँले हामीलाई पहिल्यै दिनुभएको पाठ, अनि हामीलाई निर्देशन दिने र मार्गदर्शन गर्ने र हामीलाई आशिष दिने उहाँको तरिकाप्रति ध्यान दिन छिटो होऔं। हाम्रा प्राथमिकताहरू के हुन् भनेर उहाँलाई बताउन हामी ढिलो गरौं; वास्तवमा हामी ख्रीष्टियान चरित्रको त्यो विकास प्राप्त गर्न खोजौं जेले हामीलाई सधैं हाम्रो आफ्नै ईच्छाहरू होइन, तर स्वर्गमा हुनुहुने हाम्रा पिताको ईच्छा र मार्ग खोज्न अनुमति दिनेछ। Z. ०३-२०४ R ३२१७:६

