अगस्ट ४ को दैनिक आत्मिक मनन
0:00 / …
प्रभुको दासले झगड़ा गर्नुहुँदैन, तर उनी सबै मानिसहरूप्रति कोमल, सिकाउनमा सिपालु, सहनशील, विरोध गर्नेहरूलाई नम्रतासाथ सिकाउने-सुधार्ने हुनुपर्छ। 2 तिमोथी 2:24, 25
प्रभुका केही प्रिय जनहरूले ईश्वरीय योजनाको बारेमा अरूलाई—विशेषगरी विद्वानहरूलाई बताउँदा अत्याधिक मात्रामा आत्म-विश्वास, स्व-आश्वासन देखाएर सत्यतामा आफ्नो प्रभावलाई ठूलो चोट पुऱ्याएका छन्। नम्रता जहाँसुकै पाइने एउटा रत्न हो, र विशेषगरी सत्यताको लागि सहयोगी र हतियारको रूपमा वाञ्चनीय छ। सत्यतालाई यसले थाम्न सक्ने सम्पूर्ण शक्तिले, तर सधैं नम्रता र विनम्रताका साथ प्रस्तुत गरियोस्; र सत्यको सुझाव दिने प्रश्नात्मक रूप अक्सर सबैभन्दा शक्तिशाली पाइन सकिनेछ। Z. ००-१४ R २५५९:३

