जुलाई २३ को दैनिक आत्मिक मनन
यदि कसैले आफ्नाहरूका निम्ति प्रबन्ध गर्दैन भने,...उसले विश्वासलाई इन्कार गरेको छ, र ऊ अविश्वासीभन्दा पनि खराब हो। 1 तिमोथी 5:8
"विश्वास" ले अरूहरुको लागि, विशेषगरी विश्वासको घरानाको लागि प्रेम, सहानुभूति, चासो र हेरचाहका विचारहरु समावेश गर्दछ।....कसरी यसले हामीलाई हाम्रो प्रभुको सहानुभूतिपूर्ण स्वभावको बारेमा अन्तरदृष्टि दिन्छ, जब उहाँ आफै संकष्टमा हुनुभएको समयमा नै उहाँले अरूको हितमा सोच्नुभएको भेट्टाउँदछौं। उहाँको आफ्नै पीडाले उहाँलाई आफ्नी आमाको बारेमा सोच्न र उहाँको सान्त्वनाको लागि प्रबन्ध गर्नबाट रोकेन।....हामी यूहन्नाको छनौटलाई ध्यान दिन्छौं, निसन्देह किनभने, सबैभन्दा पहिलो कुरा, उनको प्रेमिलो, कोमल स्वभाव थियो, दोस्रो, प्रभु र सत्यताप्रतिको उनको जोश थियो; र तेस्रो, आफ्नो अन्तिम घडीहरुमा मर्दै गर्नुभएको उसको मालिकसँग नजिक हुनका लागि उनको साहस थियो। हामी यी विशेषताहरूलाई ध्यान दिऔं, जुन प्रभुले स्वीकार्नुहुन्छ, ताकि ती विशेषताहरूलाई ध्यान दिएर हामी आफैमा तीहरूलाई विकास गर्न सकौं, अनि यसरी उही मालिकद्वारा सेवाको लागि विशेष अवसरहरू हामीलाई प्रदान गरिन सकियोस्। Z. ९९-१२७ R २४७४:६

