जुलाई २० को दैनिक आत्मिक मनन
साँचो दाखको बोट म नै हुँ, र मेरा पिता किसान हुनुहुन्छ...उहाँले फल फलाउने हरेक हाँगा, त्यसले अझ धेरै फल फलोस् भनेर छाँट्नुहुन्छ। यूहन्ना 15:12
जसरी फल फलाइरहेको प्रमाण दिने दाखको बोटको सबैभन्दा राम्रा हाँगाहरूलाई पनि छाँट्नु आवश्यक पर्दछ, त्यसरी नै प्रभुका जनहरूमध्ये सबैभन्दा इमानदार र निष्कपट व्यक्तिहरूलाई पनि प्रभुको अनुशासन र प्रबन्धपूर्ण हेरचाह चाहिन्छ—अन्यथा तिनीहरू चाँडै काठ मात्रै उमार्ने तर्फ बढ्दै जान सक्दछन्, अनि धेरै फल फलाउन चुक्न सक्दछन्।....परमेश्वरको साँचो सन्तान जसको ईच्छा पूर्ण रुपमा प्रभुको ईच्छामा डुबेको छ, ऊ यी काँटछाँटहरूबाट नता क्रोधित हुँदछ नता निरुत्साहित नै हुँदछ, उसले कम्तिमा आफ्नै मूर्खताबाट केही कुरा सिकेको छ र महान् किसानको बुद्धिमा भरोसा राखेको छ। जुन ईश्वरीय प्रबन्धले उसको प्रयासलाई कुनै न कुनै दिशाहरुमा रोक्दछ, तब उसले आफ्ना योजनाहरू यसरी विफल पारिएको अवस्थालाई पनि आनन्दसाथ ग्रहण गर्दछ, कि प्रभुको ईच्छा र प्रभुको मार्ग नै उत्तम हो र यसले आशिष ल्याउने कार्य गर्दछ भनी आश्वस्त हुन्छ। Z. ९९-१०९ R २४६५:३

