जुलाई १० को दैनिक आत्मिक मनन
0:00 / …
सबैले उहाँको बारेमा गवाही दिए, र उहाँको मुखबाट निस्केका अनुग्रहपूर्ण वचनहरूमा सबै छक्क परे। लूका 4:22
प्रभुको पदचिन्ह पछ्याउनेहरूमा सम्भव भएसम्म यो सत्य ठहरिनुपर्दछ: तिनीहरूको बोलीवचन अनुग्रहपूर्ण, संयमताका साथ, सत्यताको लागि, र यसलाई प्रेम गर्ने र खोज्नेहरू सबैप्रति प्रेमिलो सहानुभूतिले भरिएको हृदयहरुबाट छचल्किएको हुनुपर्दछ। तिनीहरूको बोलीवचनहरू सधैं कारण र धार्मिकताको सीमाभित्र, र प्रभुको वचनसँग अत्यन्तै अनुरूपतामा हुनुपर्दछ। अनि तिनीहरूको व्यवहार, तिनीहरूको आचरण, जीवित पत्रहरू जस्तै, माथि उल्लेखित गुणहरुसँग यति सामंजस्यतामा हुनुपर्दछ कि तिनीहरूका शत्रुहरू पनि आश्चर्यचकित होऊन्, अनि तिनीहरू येशूसँग रहिआएका थिए र उहाँबाट सिक्दै आइरहेका थिए भनी ज्ञान लिन सकून्। Z. ९९-५३ R २४३७:६

