डिसेम्बर ७ को दैनिक आत्मिक मनन
उहाँले गाली खाएर सट्टामा गाली दिनुभएन। 1 पत्रुस 2:23
उहाँका शत्रुहरूले उहाँमाथि उचित र न्यायोचित रूपले गाली गर्न र खराब कुरा बोल्न सकिने केही कुरा भेट्टाएको कारणले थिएन;-नता उहाँका शत्रुहरू यति धेरै सिद्ध नै थिए कि उहाँले तिनीहरूमा गाली गर्न र खराब बोल्न केही पनि कुरा भेट्टाउन नसक्नुभएको कारणले नै थियो; तर उहाँ ईश्वरीय ईच्छाप्रति यति पूर्ण रुपमा समर्पित हुनुहुन्थ्यो कि उहाँलाई मानिसहरूको गिल्लाहरु र अपमानहरू लिन, अनि नम्रतापूर्वक र धैर्यताका साथ यी कुराहरुलाई सहन, र उहाँलाई यसैका निम्ति बोलाइएको थियो भनेर सम्झन सक्षम गराईनुभएको थियो, कि यी कुराहरु येशूले धैर्यपूर्वक सहनुभयो र यीबाट पाठहरू सिक्नुभयो, अनि आफूलाई विश्वासयोग्य साबित गर्नुभयो, र आफ्नो वास्तविक चरित्र विकास र प्रदर्शन गर्नुभयो, र मानिसहरूको अन्धोपन र अज्ञानताप्रति उहाँको दया र उनीहरूप्रति उहाँको प्रेम महसुस र प्रकट गर्नुभयो। Z. ०१-२९८ R २८७९:४

