मे ७ को दैनिक आत्मिक मनन
0:00 / …
मैले सुसमाचार प्रचार गरिनँ भनेचाहिँ मलाई धिक्कार छ! 1 कोरिन्थी 9:16
हामीसँग भएका सबैभन्दा उत्तम समाचारहरू अरूहरुलाई सुनाउन हामी तत्पर हुनुपर्दछ; जीवनका विभिन्न परीक्षाहरूमा ऐयाआथा गरिरहेको सृष्टिप्रतिको सहानुभूतिले हामीलाई आउँदै गरेको राज्य र त्यसपछि पृथ्वीका सबै परिवारहरूलाई हुने आशिषहरूको सम्बन्धमा प्रभुका प्रतिज्ञाहरू औंल्याउन डोऱ्याउनुपर्दछ। जसले हरेक उपयुक्त अवसरमा दिनहुँ घोषणा गर्दैन, उसले ज्ञानको कमी वा प्रकाशमा विश्वासको कमी, वा स्वार्थपनको प्रमाण दिँदछ, जेलाई प्रभुले स्वीकार गर्नुहुन्न, अनि यदि यस्तो अवस्था लम्बी रह्यो भने, यसले उसलाई राज्यको भागी हुनबाट वञ्चित गर्नेछ। Z. ०३-१७४ R ३२०५:१

